मकवानपुरमा बिच्छीले टोकेर एक बालिकाको मृत्यु
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिका अस्मिता वाईवाको मृत्यु भएको छ ।
बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाको छोरी अस्मिताको विहीबार राति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुर प्रहरीले यसको पुष्टि गरेको छ ।
जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरमा बिच्छीले टोकेको थियो । त्यसपछि उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको उनको मृत्यु भएको हो ।



