सरकारले भोलि ३ बजे बजेट प्रस्तुत गर्ने

तु खबर संवाददाता
२०८२ जेष्ठ १४, बुधबार २०:१३

काठमाडौं । सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।

 

अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् ।

 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै मंगलबारदेखि सदन अवरुद्ध गरेका विपक्षी दलहरूले बजेट ल्याउन भने दिने भएका छन् ।