तत्कालिन प्रदेश प्रमुखले फिर्ता गरिदिएको चिठ्ठा विधेयक पुनः पेश

तु खबर संवाददाता
२०८२ जेष्ठ ८, बिहीबार २०:४०

हेटौंडा । बागमती प्रदेश सभामा दुई वर्षदेखि यत्तिकै रहेको चिठ्ठा विधेयकलाई सरकारले अगाडि बढाएको छ । यो विवादित चिठ्ठा विधेयक बिहीबार प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पुनः पेस गरेपछि प्रदेशसभा सदस्यहरुले यसको चर्को विरोध गरेका छन् ।

मन्त्री लामिछानेले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनःविचारका लागि पेश आज सभा समक्ष पेश गरेका हुन् ।

यसअघि यस विधेयकलाई तत्कालिन प्रदेश प्रमुख यादवचन्द्र शर्माले संघीय ऐनसँग प्रतिकूल हुन आएको भनी २०८० जेठ ७ गते सभामा फिर्ता पठाइदिएका थिए ।

यसअघि २०८० वैशाख १२ गतेको प्रदेशसभाले यो बिधेयक पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पठाएकोमा प्रदेश प्रमुखले फिर्ता गरिदिएका थिए ।