५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको निर्णय
काठमाडौं । गभर्नर विश्वनाथ पौडेलले ५० र १ हजारका नयाँ नोट छाप्ने निर्णय गरेका छन् । आज बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेपछि उनले सो निर्णय गरेका हुन् ।
पदभार ग्रहण गरेपछि गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति अलग अलग रहेको बताए । मौद्रिक नीति स्वतन्त्र नीति भएको स्पष्ट पार्दै उनले वित्त नीति कार्यान्वयनमा यसले समस्या पारेमा परिमार्जन गर्दै जान सकिने बताए ।
यस अघि हिजो मंगलबार मन्त्रिपरिषद्ले पौडेललाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित ३ जनालाई सिफारिस गरेको भएपनि मन्त्रिपरिषद्ले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
आज बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई गभर्नर पदको सपथ गराएका थिए । सपथपछि उनले अर्थमन्त्री बिष्णु पौडेललाई भेटेका थिए ।



