राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

तु खबर संवाददाता
२०८२ जेष्ठ ७,मंगलवार १९:०३

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा। विश्व पौडेल नियुक्त भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

आज बसेको गभर्नर सिफारिस समितिको बैठकले डा. पौडेलसहित ३ जनाको नाम सिफारिस गरेको थियो । सो सिफारिसमा उनको नाम पहिलो नम्बरमा थियो ।

सत्तारुढ दल भित्र कसलाई गभर्नर बनाउने भन्ने निर्णयमा पुग्न नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको थियो ।

आजै सर्वोच्च अदालतले पौडेलको नियुक्ति गर्न नहुने भन्दै परेको रिट र सो माथि भएको दरपिठ आदेशलाई सदर गरेसँगै पौडेललाई नियुक्ति गर्ने बाटो खुलेको हो । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सर्वोच्च प्रशासनद्वारा भएको दरपिठको आदेश सदर गरेको हो ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्ति गर्ने सहमति भएको थियो ।