युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट

काठमाडौँ । सगरमाथा संवादका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगो विकासका लागि विदेश मन्त्रालयका सहायक मन्त्री अब्दुल्ला बलालाले परराष्ट्र मन्त्री डा। आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, शिष्टाचार भेटका क्रममा दुई देशबिचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । नवीकरणीय ऊर्जा, दिगो विकास तथा जलवायु परिवर्तनसम्बन्धी सहनशीलता जस्ता विषयहरूमा द्विपक्षीय सहकार्य विस्तार गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।