राईलाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा सांसद राईलाई पक्राउ गरिएकोमा थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
सांसद राई सञ्चालक समितिमा हुँदा करीव २ करोड रुपैयाँ अपचलन भएको आरोप छ । उनी सो सहकारीको सदस्य हुँदै महासचिवसम्म भएकी थिइन् । सोही बेला रकम अपचलन भएको आरोपमा अदालतमा पेश भएकी उनी थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश भएको हो ।