सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

तु खबर संवाददाता
२०८२ बैशाख ३०, मंगलवार ०६:४९
file-photo

काठमाडौंं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज मंगलबार बस्दैछ । तय भएको कार्यसूची अनुसार, बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने तय भएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्ने तय भएको सङ्घीय संसदले जनाएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।