पाकिस्तानले युद्ध विरामको उलङ्घन गरेको भारतको आरोप

तु खबर संवाददाता
२०८२ बैशाख २८, आईतवार ०४:२८

नयाँ दिल्ली । पाकिस्तानले युद्ध विरामको उलङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिसरीले पछिल्लो केही घण्टादेखि पाकिस्तालने युद्ध विरामको उलङ्घन गरिरहेको छ र यसको कडा प्रतिवाद गर्न निर्देशन दिइएको बताए ।

युद्ध विराम पछि पाकिस्तानले यसको उलङ्घन गर्दै भारतका धेरै ठाउँमा आक्रमण गरेको भारतको आरोप छ । हिजो साँझ ५ बजेको आसपास भएको युद्ध विरामपछि पाकिस्तानले आक्रमण गरिरहेको भन्दै विदेश सचिव मिसरीले राति ११ बजे पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए ।

मिसरीले दिएको जानकारी अनुसार, भारतीय सेनालाई पनि यस विषयमा निगरानी र गर्न र आवश्यक पर्दा ठोस् कारवाही गर्न निर्देशन गरिएको छ ।