भारत–पाकिस्तानबीच युद्धविराम घोषणा

तु खबर संवाददाता
२०८२ बैशाख २७, शनिबार १८:३०

काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुबै देशका उच्च अधिकारीहरुले युद्ध विराम भएको घोषणा गरेका हुन् । युद्ध विराम तत्काल लागू हुने समेत उनीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी दिएका हुन् ।
भारत र पाकिस्तानबीच केही दिनदेखि आक्रमण र प्रत्याक्रमणको कारवाही चलिरहेको छ ।

यसो हुँदा दुबै देशका नागरिकहरुमा त्रास फैलिरहेको छ । अमेरिका लगायतका देशहरुले युद्ध विराम गर्न भारत र पाकिस्तानलाई दबाब बढाइरहेका बेला भारत पाकिस्तान युद्ध बिरामका लागि सहमत भएको खबर सार्वजनिक भएको हो ।