भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको छ । पाकिस्तानले बुनयान उल मरसुस नाम दिएर जवाफी कारवाही सुरु गरेको अन्तर्राष्ट्रिय संचार माद्यमहरुमा उल्लेख छ ।
सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै अलजजिराले पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको छ ।
भारतले पाकिस्तानका शासित जम्मु कस्मिर क्षेत्रमा अपरेसन सिन्दुर नाम दिएर आक्रमण गरेपछि पाकिस्तानले यसको जवाफ दिइने बताउँदै आएको थियो ।