शीतलनिवासमा राष्ट्रपति पौडेल र माओवादीका अध्यक्ष प्रचण्डबीच भेट

तु खबर संवाददाता
२०८२ बैशाख २७,शनिबार १०:२१

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

के कस्ता विषयहरुमाथि छलफल भयो भन्ने बारे भने सचिवालयले केही खुलाएको छैन ।

पछिल्लो समय सरकारको नीति तथा कार्यक्रमलाई लिएर माओवादी केन्द्र असन्तुष्ट बनेको छ । संघीय संसद्मा सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रमबारे चरम असन्तुष्टी व्यक्त गरेका थिए ।