मकवानपुरमा बोलेरो दुर्घटना, ९ जना घाइते

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
आज बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते मध्ये ६ जना गम्भीर रहेको पनि प्रहरीको भनाइ छ ।
हिमाल बस्नेत, बुद्धिमान घलान, डिल बहादुर घलान, फुलमाया घलान, रुपबहादुर राउत, सूर्य अधिकारी, कुमार तामाङ, दीपक खड्का, किरण प्रजा, रेनुका प्रजा घाइते भएका छन् ।
राक्सिाराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घाइतेहरुबारे विज्ञप्तीमार्फत् जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक भरतकुमार खड्काको कमाण्डमा टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको प्रहरीले जनाएको छ ।