भृकुटीमण्डपको खुल्ला जग्गा व्यापारीलाई दिने सरकारको तयारी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रहेको खुल्ला जग्गा व्यापारीलाई दिने सरकारले तयारी गरेको छ । शुक्रबार संघिय संसद्का दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीमण्डपको जग्गालाई सरकारले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्र बनाउने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गरेका सीमित व्यापारीलाई खुशी बनाउनको लागि बिना कुनै छलफल तथा अध्ययन सरकारले भृकुटीमण्डको जग्गालाई व्यापारीलाई दिएर उनीहरुको कमाइ खाने भाडो बनाउन लागेको छ ।
भृकुटीमण्डपको जग्गा नेपाली काँग्रेसका प्रभावशाली नेता टेक बहादुर गुरुङले शक्ति र सत्ताको आडमा दुरुपयोग गरीरहेका छन् । साथै, यस खुल्ला जगामा नेकपा एमालेका एक नेताको पनि रजगज रहेको छ ।
तत्कालिन समयमा नेपाली काँग्रेसका नेता गुरुङ भृकुटीमण्डपस्थित जग्गा लिज प्रकरणमा भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका थिए । उनले भृकुटीमण्डपमा रहेको फनपार्कको जग्गा केही व्यपारीको मोहमा आएर सस्तो मूल्यमा भाडामा दिएर करोडौं रुपैयाँ भ्रष्टाचार गरेका थिए ।
सोही प्रकरणमा गई सरकारले फेरी व्यापारीलाई पोस्नको लागि भृकुटीमण्डपको जग्गामा अन्तराष्ट्रियस्तरको सभा सम्मेलन तथा मनोरन्जन पार्क बनाउने ढोङ गरीरहेको छ ।
आम जनताहरु सहज र सरल रुपमा आफ्ना दविएका अभिव्यक्ति तथा हक अधिकारको आवाज उठाउन भृकुटीमण्डपमा आउने गर्दछन् । तर, नियत नै गलत भएको केपी नेतृत्वको सरकारले व्यापारीलाई उक्त जग्गा व्यापारीलाई दिएपछि अव हजारौै मानिसहरुले आफ्नो हक अधिकारको आवाज उठाउदा पनि लाखौं बुझाउनु पर्नेछ ।