प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबारसम्मको लागि स्थगित वैठक स्थगित भएको हो । अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ ।
आज शुक्रबारको वैठक बजेट अधिवेशनको रुपमा सुरु भएको भएपनि नेताहरुले कानून निर्माणमा जोड दिँदै आआफ्नो धारणा राखेका छन् । दलीय आधारमा सम्बोधन गरेका नेताहरुले कानून निर्माणको विषयलाई मुख्य विषय बनाएका छन् ।
शिक्षकहरुले कानुन निर्माण गरेरै आफ्ना मागहरु पूरा गर्नुपर्ने भन्दै सडक आन्दोलन जारी राखेका छन् । हिजो सर्वोेच्च अदालतले समेत शिक्षकहरुलाई विद्यालय फर्कन र संविधान बमोजिम शिक्षकहरुको माग पूरा गर्न आदेश दिएको थियो ।
आज शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । सो प्रयोजनका लागि मन्त्रालय जान हिंडेका शिक्षकहरु बीचैबाट फर्किएका छन् । मुलतः कानून निर्माणमा शिक्षकहरुको जोड छ, यो बजेट अधिवेशनको रुपमा आह्वान भएको भएपनि कानुन निर्माणको चाङ भएपछि कसो गर्ने हो भन्ने टुंगोमा पुग्न सकेको छैन ।