राजावादी प्रदर्शनमा प्रहरीले २० जनालाई गोली प्रहार गरेको स्वीकार

तु खबर संवाददाता
२०८१ चैत्र २०, बुधबार २०:०५

काठमाडौं । गत शुक्रबार राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बन्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर २० जना घाइते भएको खुलेको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार अवस्था नियन्त्रणमा लिन खोज्दा गोली लागेर दुई महिलासहित २० जना घाइते भएका हुन्।

प्रदर्शनका क्रममा ललितपुरका सविन महर्जनको मृत्यु भएको छ । प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको समेत मृत्यु भएको थियो । आन्दोलन हिंसात्मक बन्दा करोडौंको संरचना समेतमा क्षति भएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।