विशेष अदालतद्वारा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

तु खबर संवाददाता
२०८१ फाल्गुन २३, शुक्रबार ११:२६

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम भ्रष्टाचार (एमडीएमएस) मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो । एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएका थिए । पूर्वअध्यक्षद्वय झा र खनाल बाहेक प्राधिकरणका अरु कर्मचारीहरुले भने सफाइ पाएका छन् ।

भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भनी अख्तियारले पुस, २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।