बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट सार्वजनिक गरिएको छ ।
सरकारले गठन गरेको अध्यक्ष छनौट समितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो ।
उक्त सर्टलिष्ट अनुसार, बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौला, पूर्व सचिव रामशरण पुडासैनी तथा पत्रकार शरद ओझाको नाम समावेश गरिएको छ ।
उनीहरुलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि यही फागुन १० गते २ बजेका लागि बोलाइएको छ । अन्तरवार्ता अर्थ मन्त्रालय सिंहदरबार काठमाडौंमा हुनेछ ।



