२४ औं सशस्त्र प्रहरी दिवस मनाइयो

तु खबर संवाददाता
२०८१ माघ १०, बिहीबार ०८:५२

मकवानपुर । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरले सशस्त्र प्रहरी दिवस मनाएको छ । सशस्त्र प्रहरीले विविध कार्यक्रमको आयोजना गरी विविध कार्यक्रम गरी २४ औं सशस्त्र प्रहरी दिवस मनाएको हो ।

दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, मैदाटोलस्थित गण परिसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम सशस्त्र प्रहरी उपरिक्षक ज्ञानप्रसाद भूर्तेलको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा बोल्दै उनले जस्तोसुकै अवस्थामा पनि विचलित नभई देश र जनताप्रति कर्तव्य निष्ठ भई कार्यसम्पादनमा लाग्न सशस्त्र प्रहरीलाई निर्देशन दिए । संगठनले आर्जित गरेको सेवाभावलाई कायम राख्न उनले सबैलाई आग्रह गरे ।

उक्त अवसरमा २०६१ साल वैशाख २१ गते विरगती प्राप्त गरेका अमर सशस्त्र प्रहरी सहायक निरिक्षक महेन्द्र कक्षपतिकी श्रीमती सिता कक्षपतीलाइ नगद २५ हजारसहित सम्मान गरिएको थियो ।

कक्षपतिले शहादत प्राप्त गरेको स्थान बकैया गाउँपालिका–४ स्थित छत्रेश्वर महादेव मन्दिर परिसरमा १४ नम्बर गणले शिलालेख निर्माण गरेको छ ।

कार्यक्रममा उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र सप्ताहव्यापी विविध खेलकुद प्रतियोगिताका विजेतालाई प्रमाणपत्र तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।