आइतबार ४६ अंकले घट्यो नेप्से, ७ अर्ब ३५ करोडको कारोबार

तु खबर संवाददाता
२०८१ मंसिर २३, आईतवार १६:४७

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६ अंकले घटेको छ ।

नेप्सेका अनुसार, आज ४५ दशमलव ९३ अंकले घटेर २ हजार ६८९ अंकमा झरेको हो ।

गत साताको अन्तिम दिन बिहीबार बजार उक्त परिसूचक २ हजार ७३४ दशमलव ९३ विन्दुमा थियो । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ करोड ४१ दाख कित्ता सेयर कारोबार भएको छ ।

बजारमा आज २१४ कम्पनीको सेयर मूल्य घट्दा २७ कम्पनीको मूल्य बढेको छ । तीन कम्पनीको मूल्य स्थिर रहेको देखिन्छ ।

आज बजारमा सबै प्रकारका परिसूचक र उपसूचक घटेका छन् ।