सहकारी छानबिन समितिको म्याद थप

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद थप गरिएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले संसदीय छानबिन विशेष समितिको १५ दिन म्याद थप गरेको हो ।
बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको हो ।
प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी दिए । उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको बताए ।
समितिले सार्वजनिक विदाको दिनसहित मध्यरातसम्म पनि काम गरेको उनले सदनलाई जानकारी गराए ।