कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको छ ।
पुनर्योगको नतिजा उत्तर पुस्तिका पुनर्योग समितिको भदौ १२ गते बसेको बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
पुनर्योगको नतिजा अनुसार, नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।
तीमध्ये ३४ जनाको ‘ए’ प्लस ग्रेड, १३३ जनाको ‘ए’ ग्रेड आएको छ ।
गत वैशाख १४ देखि २६ गतेसम्म संचालन भएको कक्षा १२ को परीक्षा गत साउन १८ गते सार्वजनिक भएको थियो ।
जसमा एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको थियो ।
नतिजामा चित्त नबुझेकालाई साउन मसान्तभित्र पुनर्योगका लागि निवेदन दिन भनिएको थियो । जसमा ४० हजार विद्यार्थीले पुनर्योगका लागि आवेदन दर्ता गराएका थिए ।
तीमध्ये साउन २७ गतेसम्म निवेदन दिएका विद्यार्थीहरूको पुनर्योगको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।