बागमतीका मुख्यमन्त्री लामाले गरे मन्त्रीहरुसँग करार सम्झौता

तु खबर संवाददाता
२०८१ भाद्र ५, बुधबार १८:४५

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् ।

मुख्यमन्त्री लामाले चालू आर्थिक वर्षको सुरुवातमा बजेट र नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यन्वयन गर्नका लागि मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

उनले प्रदेशमा रहेका १२ जना मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

सो क्रममा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन अनुपस्थित थिए । उनी स्वास्थ्यको कारण अनुपस्थित भएको बुझिएको छ ।

मुख्यमन्त्री लामाले प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्कीसँग पनि करार सम्झौता गरेका थिए ।

प्रदेश सुशासन ऐन २०७७ अनुसार हरेक वर्ष यसैगरी मुख्यमन्त्रीले मन्त्री तथा कर्माचारीले मातहतका कर्माचारीसँग सम्झौता गर्ने गरेका छन् ।