ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण

तु खबर संवाददाता
२०८१ भाद्र २, आईतवार १५:३२

काठमाडौं । ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी पदभार ग्रहण गरेका छन् । उनले आइतबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।

उनलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

पदभार ग्रहण गर्दै उनले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने पनि बताए ।

यस्तै, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुनमा आफु विश्वस्त रहेको उल्लेख गरे ।

ग्लोवल आइएमई बैंकको नयाँ सिईओको रुपमा नियुक्त भएका रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।