थाहा नगरमा सेयर अभिमुखीकरण तालिम हुने

तु खबर संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार ०८:४९

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा सेयर अभिमुखीकरण तालिम हुने भएको छ । लियो क्लब अफ पिस थाहा नगरले १ दिने सेयर अभिमुखीकरण तालिमको आयोजना गर्न लागेको हो ।

क्लबले आगामी भदौ २२ गते शनिबार उक्त तालिमको आयोजना गर्न लागेको क्लबका सचिव अजय कार्कीले जानकारी दिए ।

सचिव कार्कीका अनुसार, सेयर अभिमुखीकरण तालिमको नेपाली सेयर बजारका विज्ञ सुबासचन्द्र भट्टराइले सहजीकरण गर्नेछन् । भट्टराई लामो समयदेखि नेपाली सेयर बजारमा सक्रिय छन् ।

सेयर बजारमा नवप्रवेशी र लागानी गरिरहेको व्यक्तिहरुलाई सेयर कारोबारका बारेमा जानकारी गराउने उद्देश्यले उक्त तालिमको आयोजना गर्न लागेको क्लबका पूर्वध्यक्ष कमल बिष्टले जानकारी दिए ।

सेयर बजारमा लगानी गर्नुपूर्व बजार, कम्पनी लगायतको बारेमा बुझेर लगानी गर्दा प्रतिफल राम्रो हुने भएकोले सेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न तालिमको आयोजना गर्न लागिएको उनको भनाई छ ।

तालिममा १ सय जना भन्दा बढीले सहभागिता जनाउने अनुमान गरिएको क्लबले जनाएको छ ।

साथै क्लबले तालिममा सहभागिताको लागि ईच्छुक व्यक्तिहरुलाई नाम दर्ता गराउन समेत आग्रह गरेको छ ।