नेप्से ४३ अंकले बढ्यो, कारोबार रकम हालसम्मकै उच्च
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक बढेको छ ।
आज नेप्से परिसूचक ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३००० दशमलव ८१ अंकमा कायम भएको छ ।
यस्तै, आज कारोबार पनि हालसम्मकै उच्च रहेको छ । आज सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।
यस दिन १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर भयो ।



