मंगलबार सेयर बजारमा भारी अंकको गिरावट

तु खबर संवाददाता
२०८१ श्रावण २२, मंगलवार १६:००

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

सोमबारको तुलनामा मंगलबार बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५ दशमलव १८ प्रतिशतले गिरावट आएको हो ।

सो गिरावटपछि यस दिन नेप्से २६५१ अंकमा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक ४० दशमलव ७६ अंकले वृद्धि भई २ हजार ७ सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको थियो ।

यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । सोमबार रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको थियो ।

यस्तै, आज २३३ कम्पनीको मूल्य घट्दा ८ को मात्रै बढेको छ भने एउटाको स्थिर छ ।