जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकालगायतका विषयहरुमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइने सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।
यस्तै, बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय हुने पनि उनले बताए ।