गुल्मीमा अरिङ्गालले टोकेर एक पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण १८, शुक्रबार १६:१९

गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, बिहीबार बेलुका सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो ।

अरिङ्गालले टोकेर गम्भीर बिरामी भएका उनलाई उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आज (शुक्रबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।