पूर्व राज्यमन्त्री रायको हत्या प्रकरणः आरोपित दुई जना सार्वजनिक

तु खबर संवाददाता
२०८१ श्रावण १४, सोमबार १८:४८

जनकपुरधाम । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा आरोपित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार, उनीहरूले पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका दुबै जनामाथि कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

पूर्व राज्यमन्त्री रायको गत साउन ७ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरस्थित आफ्नै निवासमा हत्या भएको अवस्थामा मृत भेटिएका थिए । मृतक राय पूर्व भूमिसुधार राज्यमन्त्री हुन् ।