स्थापना दिवसको अवसरमा ॐ वृद्धाश्रमलाई नगद सहयोग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, चौकीटोलस्थित ॐ वृद्धाश्रमलाई सहयोग प्राप्त भएको छ ।
हेटौंडा–४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्थाले शनिबार स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई नगद रकम सहयोग गरेको हो ।
सहकारीले १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको अवसरमा आश्रमलाई १० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको हो ।
सहकारीका अध्यक्ष बसन्त राज गौतमले आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सहकारी सञ्चालक समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।