एनएमबि बैंकको १ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा रहेको छ । बैंकले संस्थापक शेयर बिक्रीमा राखेको हो ।
संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखिइएको हो ।
सो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने बैंकले जनाएको छ ।
सो शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्ने जनाइएको छ ।
सो समयमा संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिनेछ ।



