ओरालो लाग्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ओरालो लागेको छ ।
केही दिनदेखि लगातार हरियाली छाएको शेयर बजार आज भने ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ दशमलव ३२ अकंले बढेर २ हजार ५३६ दशमलव ११ बिन्दुमा कायम भएको छ ।
आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर किनबेच भएको छ भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै, आज ११ उपसूचक राताम्य भएका छन् ।



