सोमबार सेयर बजारमा तीब्र उतारचढाब
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार दिनभर सेयर बजारमा तीब्र उतारचढाव आएको छ ।
आज तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि अन्ततः २४८८ अंकमा बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ दशमलव १५ अंक बढी हो ।
आज कारोबार रकम भने घटेको छ । आइतबार १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोड मात्रै भएर खुम्चिएको छ ।
यस्तै, आज ११५ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रहेको छ ।



