पूर्वमन्त्रीको हत्या प्रकरणः राप्रपाद्वारा ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वमन्त्री रामचन्द्र रायको हत्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
राप्रपाले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराइ मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको उल्लेख गरिएको छ ।
साथै विज्ञप्तिमार्फत् राप्रपाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
राप्रपाका संस्थापक नेता समेत रहेका रायको गएराति हत्या भएको थियो । ८० वर्षीय रायको सर्लाहीको चन्द्रनगर गाऊँपालिका–१ स्थित आफ्नै निवासमा अज्ञात समूहद्वारा हत्या गरिएको प्रहरीले जनाएको छ ।