मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई बालक घाइते
मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जना बालक घाइते भएका छन् । जिल्लाको हेटौंडा–४, चिल्ड्रेन पार्क नजिक भित्री सडकखण्ड र हेटौंडा–८, मैदाटोलस्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मंगलबार हेटौंडा–४ चिल्ड्रेन पार्क नजिक भित्री सडकखण्डमा रचना फार्मेसी अगाडि खेली रहेको अवस्थामा हाल नम्वर नखुलेको स्कुटरले ठक्कर दिँदा हेटौंडा– ५ चिसापानी बस्ने सुजन देवकोटाको छोरा वर्ष ३ को सुबर्ण देवकोटा घाइते भएका छन् ।
घाइते बालकको हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
यस्तै, मंगलबार साँझ नै हेटांैडा–८, मैदाटोलस्थित भित्री सडकखण्डमा कर्राबाट कमानेतर्फ जाँदै गरेको बा.प्र.०३–००३प.९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा–१४, मयुरधाप बस्ने सकुल बानियाँको छोरा वर्ष ६ को सक्षम बानियाँ रहेका छन् । उनलाई बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
मोटरसाइकलको ठक्करबाट सक्षमको दाहिने खुट्टा भाचिएको छ । उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा मोडल अस्पतालमा लगिएको थियो । उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि राति नै नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, ती दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
