नेप्से सूचक २२ सय अंकमा उक्लियो
काठमाडौं । केही दिन यताको लगातार वृद्धि भएसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९ दशमलव २१ अंकले वृद्धि हुँदै २२ सय ४ दशमलव ६१ विन्दुमा उक्लिएको हो ।
बिहीबार कारोबारमा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि सेयर कारोबार भएको जनाइएको छ ।
१३ वटा उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् ।



