बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयको अपिल

तु खबर संवाददाता
२०८१ असार २०, बिहीबार १६:०२
तस्बिर : तु खबर डटकम

गलेश्वर । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी सडकखण्डमा रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

उक्त सडकखण्डमा बाढीपहिरोको जोखिम र वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको जानकारी दिए ।

साथै सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राख्ने प्रशासनको तयारी रहेको उनले बताए ।