बस दुर्घटना हुँदा आठ जना घाइते

तु खबर संवाददाता
२०८१ असार १४, शुक्रबार १६:०५
File Photo

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा ५ ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका हुन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेकोद्ध भने गम्भीर भएकालाई काठमाडौं पठाइएको छ ।

बसमा २५ यात्रु सवार थिए ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।