बसको ठक्करबाट वृद्धको मृत्यु

तु खबर संवाददाता
२०८१ असार १०,आईतवार १५:२५
सांकेतिक तस्वीर

काठमाडौं । स्याङ्जाको वालिङमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको विरुवा गाउँपालिका–६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार, सोही बसमा यात्रा गरेका थापा ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र वालिङ लगिएकामा डाक्टरले मृत घोषित गरेको हो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।