नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा
चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गएरातिदेखि अवरुद्ध बनेको सडक बिहानैदेखि संचालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार, सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
वर्खा लागेसँगै उक्त सडकखण्ड अन्तरगत पर्ने विभिन्न स्थानमा पहिरो जाँदा सकड अवरुद्ध हुने गरेको छ ।
