बागमती बजेटः भौतिक पूर्वाधार मन्त्रालयलाई २२ अर्ब ६४ करोड
मकवानपुर । बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको लागि २२ अर्ब ६४ करोड विनियोजन गरेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।
