शून्य प्लास्टिक जन्य पदार्थ अभियानको लागि १ करोड ६१ लाख

तु खबर संवाददाता
२०८१ असार १, शनिबार १९:३३

मकवानपुर । बागमती प्रदेश सरकारले ‘बागमती प्रदेश शून्य प्लास्टिक जन्य पदार्थ’ अभियान संचालनको लागि १ करोड ६१ लाख विनियोजन गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।

मन्त्री थपलिायले प्लास्टिकजन्य पदार्थबाट शहरी क्षेत्र, राजमार्ग छेउछाउ ऐतिहाँसिक धार्मिकस्थल, सम्पदा तथा पर्यटकीय क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रणका लागि उक्त नारासहित सरसफाई अभियान संचालन गर्न लागेको बताए ।

उनले सो कार्य स्थानीय तह तथा संघीय सरकारको सहकार्यमा गर्ने बताए ।