१३१ मेट्रिक टन रासायनिक मल नेपाल आयात हुने

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१,बिहीबार १६:५१
file-photo

काठमाडौं । सरकारले आगामी सिजनका लागि १३१ मेट्रिक टन रासायनिक मल आयात भइरहेको जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार रासायनिक मलको पछिल्लो विवरण सार्वजनिक गर्दै १३१ मेट्रिक बाटोमा रहेको जनाएको हो ।

मन्त्रालयको तथ्याङ्क अनुसार, ५१ हजार मेट्रिक टन डीएपी विशाखापटमबाट नेपाल निर्यात हुँदैछ । सोबाट केही परिमाणको मल नेपाल भित्रिसकेको छ ।

यस्तै, जीटुजीबाट नेपाल आयात हुने मलमध्ये २५ हजार मेट्रिक टन डीएपी मल स्रोत मुलुकबाट चलान हुने र असारको दोस्रो हप्ता नेपाल आइपुग्ने जनाइएको छ ।

यस्तै, २५ हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया मल कोलकाता आइसकेको र असारको पहिलो हप्ताबाट नेपाल भित्रिनेछ ।