न्याय परिषद् बैठक आह्वान
काठमाडौं । न्याय परिषद् बैठक आह्वान गरिएको छ । बिहीबार अपराह्न बस्ने गरी परिषद्को बैठक आह्वान गरिएको हो ।
न्याय परिषद् सचिवालयका अनुसार, बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेण्डा तय गरिएको छ ।
परिषद् सचिवालयले आजको बैठकमा सर्वोच्चमा चार रिक्त न्यायाधीश नियुक्तिका लागि आवश्यक छलफल हुने र सकेसम्म आजैको बैठकले सिफारिस गर्ने जनाइएको छ ।
