नेकपा एमाले निर्वाचन अपडेटः श्रीधर अघिअघि, इन्द्रमान पछिपछि

तु खबर संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १३:५८

मकवानपुर । नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

अध्यक्ष पदमा हालसम्म ५०० सय मत गणना भएको छ । जसमा श्रीधर पोखरेलले २१५ मत सहित अग्रता कायम गरेका छन् । त्यस्तै इन्द्रमान स्याङ्तानलले १५० मत,  लालबहादुर थापाले ११७ मत  र देवराज रिमालले १० मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा हिदम लामाले ३१२ मत पाउँदा सुनिल मोक्तानले १३१ मत पाएका छन् भने भरत दुलालले २२ र धुर्व चौलागाईंले १८ मत पाएका छन् ।

त्यस्तै सचिव पदमा मदन दाहालले १५६ मत पाउँदा सिता बिष्टले २०२ राजन थापाले ११० मत पाएका छन् ।

उपसचिव पुरुषतर्फ ईन्द्र नेपालले ९०, फुर्वा लामाले १४७ र दिपक खड्काले ११७ र खेम जर्गा मगरले  ६३, कृष्ण प्रसाद चौलागाईंले ६० मत मत पाएका छन् ।

उपसचिव महिलातर्फ भने आरती पाठकले १५६ मत पाउँदा जुना दाहालले १०३ र पार्वती रानाले १०५ मत पाउँदा कल्पना बलामीले १०५ मत पाएकी छिन् ।