एमाले मकवानपुरको निर्वाचन अपडेटः कसको कति मत ?

मकवानपुर । नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
अध्यक्ष पदमा हालसम्म ४ सय मत गणना भएको छ । जसमा श्रीधर पोखरेलले १७१ मत सहित अग्रता कायम गरेका छन् । त्यस्तै इन्द्रमान स्याङ्तानलले १२२ मत, देवराज रिमालले ७ मत र लालबहादुर थापाले ९६ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा हिदम लामाले २६२ मत पाउँदा सुनिल मोक्तानले ९८ मत, भरत दुलालले १८ मत र धु्रव चौलागाईँले १२ मत पाएका छन् ।
सचिव पदमा भने मदन दाहालले १२७ मत, सिता विष्टले १६१ मत, राजन थापाले ९१ मत पाएका छन् । मतगणना जारी छ ।