एमाले मकवानपुर अधिवेशनः आज मतगणना

तु खबर संवाददाता
२०८१ जेष्ठ २१, सोमबार ०८:४८
file-photo

मकवानपुर । नेकपा एमाले मकवानपुरको १२ औं अधिवेशन अन्तर्गत आज मतगणना हुँदैछ ।

हिजो आइतबार सम्पन्न निर्वाचनको मतगणना आज हेटौंडाको हुप्राचौरस्थित पशुपती मन्दिरमा हुने भएको हो ।

बिहान साढे ८ बजेबाट मतगणना सुरु गरिने जनाइएको छ ।

एमालेको जिल्ला अध्यक्ष पदका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको प्रतिस्पर्धा रहेको छ ।

आइतबार रघुनाथ खुलालले अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएपछी चार जनाको प्रतिस्पर्धा भएको हो ।