एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन सुरु

तु खबर संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १८:०४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन सुरु भएको छ ।

शनिबारसम्म संचालन हुने उक्त अबिधेशन आजबाट सुरु भएको हो । अधिवेशनको एमालेका केन्द्रीय महासचिव शंकर पोख्रेलले उद्घाटन् गरेका हुन् ।

कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, संघीय संसदका प्रमुख सचेतक महेश कुमार बर्तौला, एमाले केन्द्रीय सल्लाहकार बिभागका डोरमणि पौडेल, एमालेका केन्द्रीय नेता तथा मकवानपुर इन्चार्ज देवी ज्ञवालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, अरु बिभीन्न पार्टी र संघसंस्थाका प्रतिनिधीहरुको पनि आतिथ्यता रहेको थियो ।

अधिवेशनले नयाँ जिल्ला कमिटी समेत निर्माण गर्नेछ । अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहनेछ ।

अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रबाट भाबी नेतृत्व समेत चयन गरिनेछ ।

साथै सम्मेलनलाई सफल गराउन दुई सय जना स्वयंसेवक परिचालन गरिएको छ ।