बुधबार नेप्सेमा २३ अंकको गिरावट
काठमाडौं । नेपाली बजारमा बुधबार नेप्से परिसूचकमा गिरवट आएको छ । सरकारले बजेट ल्याएको भोलिपल्ट नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव ८१ अंकले गिरावट आएको हो ।
आज नेप्से २०८९ को बिन्दुमा झर्दा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको जनाइएको छ ।
आज परिसूचक घटेपनि ५६ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १९१ वटा कम्पनीको मूल्य घटेको छ । यसबाहेक बुधबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।



